८ अर्व पूँजी बनाउँदै कुमारी बैंकको एकीकृत कारोबार सुरु

१६ असार, काठमाडौं । कुमारी बैंकले राष्ट्र बैंकको नीति (आठ अर्ब चुक्ता पुँजी) अनुरुप आजदेखि एकीकृत कारोबार सुरु गरेको जनाएको छ । बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई (प्राप्ति) एकीकृत गरी कारोबार सुरु गरेको हो । एकीकृत कारोबार सुरु भएको अवसरमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रले कार्यक्षमता र पारदर्शिता बढाउनुपर्नेमा जोड दिएका छन् । थप पढ्नुहोस्