विस्थापित परिवारलाई एकीकृत बस्तीमा पुनःस्थापना

२० माघ, काठमाडौं । भूकम्पसँगै गएको सुक्खा पहिराले विस्थापित परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा उपलब्ध गराएर पुनःस्थापनाका लागि एकीकृत बस्ती निर्माणको काम शुरु गरेको छ । भौगर्भिक तथ्यांकअनुसार विभिन्न बस्तीबाट विस्थापितमध्ये दुई स्थानका ६५ परिवारलाई प्राधिकरणले जग्गा खरिद गरी एकीकृत बस्तीको निर्माण प्रक्रिया अघि बढाएको छ । तादी गाउँपालिका–१ उर्लेनीबाट विस्थापित ७२ परिवारमध्ये ५१ र सूर्यगढी गाउँपालिका–१ लच्याङका १४ परिवारका लागि सुरक्षित स्थानमा जग्गा खरिद गरी हस्तान्तरण गरिएको छ । थप पढ्नुहोस्