महोत्तरीका व्यापारीले अझै ‘एक्जिम कोड’ लिएनन्

३० असार, महोत्तरी । भन्सार विभागले आयात–निर्यात व्यापारमा लागू गर्ने ‘एक्जिम कोड’ (आयात–निर्यात संकेत नम्बर) असार अन्त्य हुन लाग्दासमेत अझै महोत्तरीका कुनै व्यापारीले लिएका छैनन् । भारतमा लागू भएको वस्तु तथा सेवा कर (जीएसटी) प्रति त्यहाँका व्यापारीले विरोध गरिरहेको बेला यहाँ लागू गर्न खोजिएको ‘एक्जिम कोड’ प्रति नेपाली व्यापारी ढुक्क हुन नसकेकाले तत्काल उनीहरूले यसमा चासो नलिएका हुन् । जलेश्वर भन्सारका अनुसार एक्जिम कोड अनिवार्य भएकाले यो संकेत नम्बर नलिएका व्यापारीले आउँदो साउनदेखि आयात निर्यात व्यापार गर्न पाउने छैनन् । थप पढ्नुहोस्