तस्करी बढेपछि ढुङ्गा, गिटी, बालुवा उत्खननमा रोक, जरिवाना ५० हजार पुर्याउने तयारी

७ माघ, काठमाडौं । जिल्ला समन्वय समितिले ठेक्का लगाएका तथा ठेक्का नलगाएका दरौँदी, चेपे, मस्र्याङ्दी र बूढीगण्डकी नदी बगरका घाटबाट नदीजन्य पदार्थ ढुङ्गा, गिटी, बालुवाको तस्करी बढेपछि उत्खननमा रोक लगाइएको छ । प्राकृतिक स्रोत साधन अनुगमन समितिको आज बसेको बैठकले आउँदो माघ १२ गतेसम्मका लागि नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । थप पढ्नुहोस्