एघारौं शैक्षिक मेला आजबाट भृकुटीमण्डपमा शुरु

५ साउन, काठमाडौं । स्वदेशी शैक्षिक परामर्श दातृ संस्थाहरुको सार्थक उपस्थितिको पर्याय बनिसकेको नेपाल शैक्षिक परामर्श संघको ११ औं बृहत शैक्षिक मेला आजबाट शूरु भएको छ । चार दिनसम्म चल्ने मेला साउन ५ देखी ८ गतेसम्म हुने र सोको तयारी पुरा भइसकेको आयोजक इक्यानले जनाएको छ । एघारौं शैक्षिक मेलाको रुपमा आयोजना हुन लागेको यो मेला काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको इक्यानले जनाएको छ । इक्यानका कार्यवाहक अध्यक्ष प्रकाश पाण्डेका अनुसार शैक्षिक मेलामा २३६ वटा स्टलहरु रहनेछन् भने १४ वटा पेभिलियनहरु रहने जानकारी दिएका छन् । थप पढ्नुहोस्