३ सय नेपालीले पाउनुपर्ने १६ करोड वन एचआरडी कोरियाको कोषमा

७ कात्तिक, काठमाडौं । ईपीएस मार्पmत कोरिया जाने नेपाली कामदारले अज्ञानताका कारण बिमाबापतको रकम नलिइ फर्कने गरेको पाइएको छ । कामदारले रोजगारीका क्रममा विभिन्न प्रकारका बिमा गर्ने गरे पनि रोजगार अवधि सकिएपछि नलिइ फर्केको बिमा रकमबापतको करिब १६ करोड वन कोरिया सरकारले नेपाललाई फिर्ता पठाएको छ । रोजगारीका लागि कोरिया गएका कामदारले आपूmले पाउनुपर्ने बिमा रकम दाबी नगरी स्वदेश फर्केपछि एचआरडी कोरिया कार्यालयले यस्तो रकम फिर्ता पठाएको हो । कोरिया सरकारले नेपाली कामदारलाई बिमा रकम माग दाबी गर्न सार्वजनिक आह्वानसमेत गरेको छ । थप पढ्नुहोस्