उदयपुरमा वाणिज्य बैंकले एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा

१ असोज, काठमाडौं । उदयपुर जिल्लाको कटारी नगरपालिको महत्पूर्ण व्यापरिक केन्द्र कटारी बजारमा रहेका सरकारी वाणिज्य बैंकसहित केही निजी बैंकले दशैँको समयमा समेत एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् । कटारी बजारमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको शाखाका रुपमा रहेको वाणिज्य बैंकलेसमेत अहिलेसम्म एटिएम सेवा सञ्चालन नगर्दा दशैँको समयमा बैंकबाट रु आठ÷दश हजार खर्च निकाल्न पनि दिनभरि लाइनमा उभिनपर्ने बाध्यता भएको स्थानीय नरेन्द्र दाहाल बताउँछन् । थप पढ्नुहोस्