रगत चेकजाँच गरेरमात्र विवाहबन्धनमा बाँधिन एड्स संक्रमितको सुझाव

२० चैत, काठमाडौं । प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी एड्स संक्रमित महिलाले सुझाव दिएका छन् । विवाहपूर्व होस् वा विवाहपश्चात् एड्स संक्रमित बनेका श्रीमान्का कारण आफूहरु पनि एचआइभी एड्स संक्रमणको शिकार बन्नुपरेपछि उनीहरुले यस्तो सुझाव दिएका हुन् । हामीले त श्रीमान्का कारण सजाय पायौँ तर तपाइँहरु शुरुमै सचेत बन्नुपर्छ, उनीहरुले एउटै आवाजमा भने । रोल्पा नगरपालिकाकी २५ वर्षीया युवती श्रीमान्का कारण एचआइभी एड्स संक्रमित बनेकी छिन् । परिवारको मन्जुरीमा उनको विवाह भएको थियो । थप पढ्नुहोस्