२० वर्षमा एनआईसी एसिया बैंक,दुर्गमका विपन्न संग जोडिने योजना

५ साउन, काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले स्थापनाको १९ वर्ष पूरा गरी २० वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसर पारेर राजधानीमा पत्रकार सम्मेलन गर्दै बैंकले गत आर्थिक वर्षमा एक अर्ब ४७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकारी दिएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३७ प्रतिशत बढी नाफा कमाएको हो । आर्थिक वर्ष २०७२र७३ मा एनआईसी एसियाले एक अर्ब सात करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । २०७४ असार मसान्तसम्ममा बैंकले ८५ अर्ब निक्षेप संकलन गरी ७२ अर्ब रुपैयाँ लगानी गरेको छ । थप पढ्नुहोस्