एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

३१ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौँमा जारी आठौँ विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । भट्टले १ हजार १९७ मत प्राप्त गरी विजयी हुँदा गुरुङले भने ५८४ मत प्राप्त गरेको एनआरएनए निर्वाचन समितिले जनाएको छ । थप पढ्नुहोस्

लामा नेतृत्वका पदाधिकारीद्वारा जिम्मेवारी बहन

२८ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानको २०१७–०१९ का लागि निर्वाचित र सर्वसम्मत भएका पदाधिकारीले आइतबारदेखि जिम्मेवारी पाएका छन् । नयाँ नेतृत्वका लागि भएको लामो प्रयासबाट सर्वसम्मत र निर्वाचनमार्फत विजयी भएका पदाधिकारीले आधिकारिकरुपमा जिम्मेवारी पाएका हुन् । सर्वसम्मत हुन नसकेर निर्वाचनमा सहभागी भई हारेका र निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाएकाको विवादका कारण आधिकारिकता पाउन नसकेका पदाधिकारीले पद तथा गोपनीयताको शपथसँगै जिम्मेवारी सम्हालेका छन् । जिम्मेवारी सम्हाल्ने नयाँ कार्यसमतिको अध्यक्षमा टासी वाङ्दी लामा रहेका छन् । थप पढ्नुहोस्