नेपाल पर्वतारोहण संघको निर्वाचन अगष्ट ५ लाई सारियो

३०  असार, काठमाण्डौ । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन यही अगष्ट ५ तारिखका दिन हुने भएको छ । संघका अध्यक्ष आङछिरीङ शेर्पाले केही संस्थागत आन्तरिक तयारी र आरोहीहरुको आग्रहलाई स्वीकार्दै अगष्ट ५ का लागि निर्वाचन सारिएको जानकारी दिए । यसअघि एनएमए निर्वाचन जुलाई २८ मा हुने भनिएकोमा आन्तरीक कारण देखाउँदै एनएमएले पुनः मिति सारेको हो । निर्वाचन घोषणा सँगै एनएमएको नेतृत्वको लागि केही व्यवसायीहरुले लबिङको तयारी तिब्र पारेका छन । थप पढ्नुहोस्