एनालग प्रणाली बन्द भए/नभएको बारे अनुगमन सुरु

१ मंसिर, काठमाडौं । सरकारले एनालग प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारण डिजिटल प्रणालीमा रूपान्तरण भए÷नभएको बारे अनुगमन गरेको छ । सरकारले राष्ट्रिय प्रसारण नियमावली, २०५२ (आठौँ संशोधन) को नियम ४ बमोजिम महानगरपालिका क्षेत्रमा गत वैशाख १५ गतेसम्म र उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा यही कात्तिक १५ गतेसम्म एनालग प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा रूपान्तरण गरी सफा, स्पष्ट, गुणस्तरीय प्रसारण गर्न सम्बन्धित सबै संस्थालाई अनुरोध गरेको थियो । थप पढ्नुहोस्