नौ बर्षदेखि कोमामा रहेका भारतीय पुर्वमन्त्रीको निधन

४ मङसिर, काठमाडौं । विगत नौ बर्षदेखि कोमामा रहेका भारतका पुर्व सूचना मन्त्री प्रिय रन्जन दस्मुन्सीको निधन भएको छ । सन् २००८ देखि कोमामा रहेका दस्मुन्सीको ७२ बर्षको उमेरमा नयाँदिल्ली स्थित उपचार भइरहेको अस्पतालमै निधन भएको हो । “उनको स्थानीय समय अनुसार हिजो दिउसो १२ः१० मा निधन भएको छ, विगत एक महिना देखि उनको गंभीर अवस्थामा उपचार भईरहेको थियो, दुर्भाग्यबस आज उनको उपचार सफल हुनसकेन,” एपोलो अस्पतालले जारी गरेको वक्तव्यमा भनिएको छ । भारतको पश्चिम बंगाल राज्यमा प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेस पार्टीको सवै भन्दा उच्च नेताका रुपमा उनी परिचित थिए । थप पढ्नुहोस्