पोखराबाट राहिनोजको ट्यालेन्ट हन्टमा ७ खेलाडी, युथ एशिया कप अफगानिस्तानलाई

  ४ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिगले हरेक टिममा एक जना खेलाडी ट्यालेन्ट हन्टबाट छानिएर आएको हुनुपर्ने बाध्यकारी नियम बनाएअनुसार अहिले टिमहरु धमाधम ट्यालेन्ट हन्टमा छन् । यसै अनुसार ईपीएल टोली पोखरा राहिनोजले पनि ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ । पोखरामा भएको ट्यालेन्ट हन्टमा १२० खेलाडीले फारम भरेका थिए । जसमध्ये एक ओभरको प्रतिस्पर्धा गराएर २४ जनालाई सर्टलिष्टमा राखिएको थियो । उनीहरुलाई २४ ओभरको खेल खेलाएर ७ जनाको नामावली सार्वजनिक गरेको छ । उनीहरुले पोखरा राहिनोजको टोलीसँगै रहेर प्रशिक्षण गर्नेछन् । थप पढ्नुहोस्