गाँठो फुकाउने प्रयासमा एमाले र माओवादी, ९ वैशाखमा नै एकता गर्न एमाले स्थायी कमिटीको जोड

४ वैशाख, काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) सँगको एकतालाई सकेसम्म वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ । दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस ९ वैशाख मा एकता गर्न बैठक बसेको हो । स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड रहेको बताए । थप पढ्नुहोस्

एमालेले भनेजस्तो देशको ढुकुटी रित्तो छैन : काँग्रेस

२० चैत, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले मुलुकको अर्थतन्त्र रित्तो भएको अवस्थामा नभए पनि अर्थमन्त्रीले हालै जारी गरेको श्वेतपत्र अतिरञ्जनापूर्ण रहेको आरोप लगाएको छ । बैठकको विशेष समयमा काँग्रेसका डा मीनेन्द्र रिजालले पछिल्लो दशकमा अर्थतन्त्रमा समग्रमा सुधार आए पनि सरकारले यथार्थ विश्लेषण नगरी दोषारोपण गर्ने गरी श्वेतपत्र ल्याएको आरोप लगाए । थप पढ्नुहोस्

अमेरिकी राष्ट्रपतिले दिए प्रधानमन्त्रीलाई बधाई, ओलीलाई मन्त्री छान्न नै सकस

११ फागुन, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति ट्रम्पले आज प्रधानमन्त्री ओलीलाई पठाएको बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धतिप्रतिको निष्ठा मुखरित भएको बताएका छन् । थप पढ्नुहोस्

सरकारलाई पूर्णता दिन मन्त्रिपरिषद् बैठक बस्दै

११ फागुन, काठमाडौं । मन्त्रिपरिषद् बैठक केही बेरमा बस्ने भएको छ । मन्त्रालयको नाम र मन्त्रालयको कार्यभार टुंग्याउन केही बेरमा बैठक बस्न थालेको एमालेका एक नेताले जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक केन्द्रीय सरकारमा १७ वटा मन्त्रालय राख्ने तयारी भएको छ । मन्त्रालयको नाम र कार्यभार टुंग्याउन बैठक बस्न लागेको हो । प्रधानमन्त्री सचिवालयका अनुसार सरकारले आज नै पूर्णता पाउन सक्ने संभावना रहेको छ । मन्त्री आंकक्षी व्यवस्थापन गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मन्त्री पठाउन आपसी गृहकार्य गरिरहेका छन् । थप पढ्नुहोस्

मध्यरातमा भयो एमाले र माओवादी केन्द्रबीच एकीकरणका सात बुँदे सहमति

८ फागुन, काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकृत पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” रहने लगायत एकीकरणका प्रारम्भिक सात बुँदे आधारहरुमा सहमति भएको छ । वाम गठबन्धनमा आवद्ध यी दुई पार्टीले आपसी वैचारिक विषयलाई वहश र छलफलपछि परिमार्जन गर्दै एकता महाधिवेशन गर्ने निर्णय पनि गरेका छन् । हिजो साँझ ७ बजेदेखि राति ११ बजेसम्म बसेको बैठकले आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपमा सम्पन्न गरिने पनि सहमति गरेको हो । यो सहमतिसँगै माओवादी केन्द्रलाई सरकारमा मन्त्री पठाउन बाटो खुलेको छ । थप पढ्नुहोस्

प्रधानमन्त्री ओलीले दिए ल्होसारको शुभकामना, हिजो साँझ मन्त्रिपरिषद्को पहिलो बैठकमा यस्तो भयो निर्णय, चिनले दियो बधाई

४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिको प्रमुख चाड ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायमा शुभकामना व्यक्त गर्दै अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल भएको बताएका छन् । उनले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि देशमा आधारभूत रुपमा राजनीतिक संक्रमणकाल सकिएको र निर्वाचनको परिणामअनुसार देशले नयाँ प्रधानमन्त्री पाएको उल्लेख गर्दै आज दिएको सन्देशमा भन्नुभएको छ, “अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल हो । थप पढ्नुहोस्

एमाले–माओवादी एकता बैठकः प्रधानमन्त्रीका लागि तत्काल दाबी गर्ने

२ फागुन, काठमाडौं । एकता प्रक्रिया खाकालाई निष्कर्षमा पु¥याउन बसेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने सहमति गरेको छ । एकता प्रक्रियाको ठोस खाकामा बुँदागत सहमति आउने अपेक्षा गरिएको सो बैठकले त्यसबारेमा बिहीबार निर्णय गर्ने समझदारी गरेको छ । थप पढ्नुहोस्

ओली–प्रचण्ड ‘वान टु वान’ भेटवार्ता, सरकार छोड्ने र सरकार बनाउने काम तिब्र

२९ माघ, काठमाडौं । नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालगायतका विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । ललितपुरस्थित एक निजी निवासमा भएको भेटवार्ताबारे विस्तृत जानकारी भने आइसकेको छैन । पार्टी एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउन सहमत दुई दलबीच एकतामा नीति र नेतृत्वमा सहमति जुटाउन उनीहरु वार्तामा जुटेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जनकारी दिए । उनीहरुको भेटवार्तापछि चाँडै पार्टी एकता संयोजन समितिको बैठकको तयारी भएको छ । थप पढ्नुहोस्

एमालेबाट समानुपातिक निर्वाचन प्रणालीको प्रतिनिधिसभा सदस्य उम्मेदवार नाम छनोट, संसदीय दलको नेतामा गुरुङ

२८ माघ, काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नाम छनोट गरेको छ । केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार समावेशी समूह मिलाई ४१ जना प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनोट गरेको गरी उक्त नामावली आजै निर्वाचन आयोगसमक्ष पेश गरिएको बैठकपछि पार्टीका सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । थप पढ्नुहोस्

संसदीय दलको नेता बन्न पूर्वमा एमालेलाई र पश्चिममा माओवादीलाई सकस

२३ माघ, काठमाडौं । नेकपा (एमाले)को प्रदेश नं १को संसदीय दलको नेता चयनका लागि सहमति हुन नसकेपछि माघ २६ गते निर्वाचन हुने भएको छ । सो पार्टीबाट प्रदेश सांसदका रुपमा भोजपुरबाट निर्वाचित शेरधन राई, सुनसरीबाट निर्वाचित भीम आचार्य र मोरङबाट निर्वाचित जीवन घिमिरेले संसदीय दलको नेताका लागि दाबी गरेपछि निर्वाचन हुन लागेको हो । सो पार्टीको विधानअनुसार संसदीय दलका नेता नै मुख्यमन्त्री हुने प्रावधान छ । प्रदेश नं १मा ९३ सांसदमध्ये ५१ जना एमालेबाट निर्वाचित भएका छन् । यस प्रदेशमा १४ जिल्ला पर्छ । थप पढ्नुहोस्