पहिला प्रतिनिधिसभाको निर्वाचन गरौं : ओली

१४ साउन, काठमाडौ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताएका छन् । तिब्बतको एक हप्ता लामो भ्रमणपश्चात् शुक्रबार स्वदेश फर्किका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संवैधानिक र राजनीतिक संकटबाट मुलुकलाई जोगाउन पहिला प्रतिनिधिसभाको निर्वाचन आवश्यक रहेको बताए । ‘मुलुकमा संवैधानिक र राजनीतिक संकट आउन नदिन पहिला प्रतिनिधिसभाको निर्वाचनको आवश्यकता छ,’ ओलीले भने, ‘प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभाको निर्वाचन एकैचोटि गरेर मुलुकलाई जोगाउन सकिन्छ । थप पढ्नुहोस्