चर्चित नौ जना गायकको स्वरले भरिएको ‘उकाली ओराली’ गीति एल्बम बजारमा

  ६ असोज, काठमाडौं । गीतकार ईश्वर श्रेष्ठको ‘उकाली ओराली’ गीति एल्बम बजारमा आएको छ । गायक रामकृष्ण ढकाल, राजेश पायल राई, स्वरुपराज आचार्यलगायत नौजनाले स्वर दिएको उक्त एल्बममा देशभक्ति, लोक, आधुनिक र पप गीतको सम्मिश्रण पाइन्छ । समाजसेवी चम्पा श्रेष्ठले निर्माण गरेको एल्बममा सातवटा गीत संग्रह गरिएको छ भने संगीतकार दीपक शर्माले सबै गीतमा धुन भरेका छन् । बिहीबार आयोजित कार्यक्रममा साहित्यकार राजेन्द्र थापाले एल्बमको विमोचन गर्दै मुलुकमा आर्थिक रुपान्तरण गरी समाजलाई अग्रगतितर्फ उन्मुख गराउन अब स्रष्टाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । थप पढ्नुहोस्

गायिका सीमा शाहको ‘फूल हुँ म ‘ म्युजिक भिडियो सार्वजनिक

१ असार,काठमाडौं । गायिका सीमा शाहको ‘फूल हुँ म ‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बम “सीमा २” मा समाबेश रहेको उक्त गीतमा सन्तोष पोखरेलको शब्दमा करनराज कार्कीको संगीतलार्इ बिजेस्वर तण्डुकारले संगीत संयोजन गरेका हुन् भने रायन कार्कीको निर्देशनमा मनिषा कोरियोग्राफर र आकर्षक नृत्य देखाएको छ । उक्त गीतमा मनिषा र युगलको अभिनय रहेको छ । उत्सव दाहालको छयांकन रहेको भिडियोलार्इ प्रबिन श्रेष्ठले सम्पादन गरेका छन् । भिडियो हेर्नुहोस । थप पढ्नुहोस्