एसियाको भावी कृषिक्षेत्र, नेपाल, भारत, चिन वा अन्य कुनै ?

११ साउन, काठमाडौं । खाद्यान्नको अभाव एसियामा बसोबास गर्ने धेरैका लागि पुरानो सम्झनाको कुरा हो । तथापि, द्रुत गतिमा बढ्दो जनसङ्ख्यालाई खाद्यान्न र पोषण पुर्याउन यस क्षेत्रले सङ्घर्ष गर्न थालेको अवस्थालाई हेर्दा त्यो फेरिपनि जीवनको पीडादायी यथार्थ बन्नसक्ने देखिन्छ । एसिया हाल विश्वको सबैभन्दा ठूलो खाद्यान्न बजार हो र सन् २०५० सम्ममा यसको जनसङ्ख्यामा ९० करोड थप हुन गई पाँच अर्ब पुग्ने अनुमान गरिएको छ । थप पढ्नुहोस्

नेपालको नीतिनिर्माणमा हावर्ड विश्वविद्यालयको सहयोग हुने

२४ जेठ, काठमाडौं । नेपालको नीतिनिर्माणमा तथ्याङ्क र प्रमाणीकरण दस्तावेजको अधिकतम उपयोग गर्ने विषयमा कार्यक्रम सञ्चालन गर्न विश्व प्रतिष्ठित हावर्ड विश्वविद्यालयले साझेदारी गर्ने भएको छ । दक्षिण एसियामा प्रमाणसहितको तथ्याङ्कमा आधारित नीतिनिर्माणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको उक्त विश्वविद्यालयले नेपालमा पनि दिगो विकासका लागि अनुसन्धानात्मक तथ्याङ्कलाई वढी उपयोगी बनाउन पहल गर्ने भएको अमेरिकामा सोमबार र मङ्गलबार आयोजित कार्यक्रममा सहभागी योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले जानकारी दिए । थप पढ्नुहोस्