ऐतिहासिक पोखरी विक्री गर्न खोजेपछि सार्वजनिकीकरणको माग

१२ साउन, भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेको ऐतिहासिक कमलपोखरीलाई सार्वजनिकीकरण गर्न स्थानीयले माग गरेका छन् । १५ रोपनी ९ आना क्षेत्रफलको कमलपोखरी २०४२ सालमा व्यक्तिको नाममा दर्ता भई बिक्री वितरण गरेको पाइएको भन्दै स्थानीयले ऐतिहासिक पोखरीलाई सार्वजनिकीकरण गर्न माग गरेका हुन् । सार्वजनिक रुपमा रहेको कमलपोखरी २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामा बकसपत्र गरी मनाङ घर भई काठमाडौं ठमेल बस्ने ग्ल्याल्पो गुरुङको नाममा पास भएको थियो । थप पढ्नुहोस्