प्रधानमन्त्री देउवालाई ओमनमा गार्ड अफ अनर

  १० असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमन सरकारले गार्ड अफ अनर प्रदान गरेको छ । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी हुँदै ओमन आइपुग्दा विमानस्थलमा रोयल ओमन प्रहरीले गार्ड अफ अनर अर्पण गरेको थियो । प्रधानमन्त्री देउवाको ओमनको तीनदिने कार्यक्रमलाई त्यहाँको सरकारले औपचारिकता दिएको छ । थप पढ्नुहोस्