कञ्चनपुरमा मानवअधिकार उल्लंघनका ७५ घटना

११ पुस, काठमाडौं । इन्सेक कञ्चनपुरले गरेको अध्ययनअनुसार कञ्चनपुरमा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका ७५ वटा घटना भएका छन् । इन्सेक, कञ्चनपुरले गरेको अध्ययनअनुसार सन् २०१७ मा मानवअधिकार उल्लंघनका ७५ घटना घटेको पाइएको हो । सबैभन्दा बढी घरेलु हिंसाका ४८, हत्याका पाँच, नागरिक अधिकार हननको एक, गैरकानूनी रुपमा पक्राउको एक, बालअधिकार हननका सातवटा घटना अध्ययनका क्रममा देखिएको इन्सेक कञ्चनपुरका संयोजक कोमल निरञ्जन भाटले बताए । उनका अनुसार बलात्कारका तीन, बहुविवाहको एक, सम्पत्ति क्षतिका आठ र अमानवीय व्यवहारको एक घटना भएको छ । थप पढ्नुहोस्

राष्ट्रिय मानव अधिकार आयोगको टोली कञ्चनपुरमा

२० मंसिर, काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको राष्ट्रिय मानव अधिकारको निर्वाचन पर्यवेक्षक टोलीले आज कञ्चनपुरमा अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठक, आयोगका क्षेत्रीय निर्देशक दीपकजंग ध्वज कार्की, आयोगका अनुसन्धन प्रमुख राजेन्द्र न्यौपाने र जिल्ला पर्यवेक्षक उमा जोशीलगायतको टोलीले अनुगमन गरेको हो । निर्वाचन पूर्व जिल्लाको सुरक्षा अवस्था, हालको सुरक्षा व्यवस्था र निर्वाचन आचारसंहिता परिपालना भए नभएको विषयमा आयोगको टोलीले प्रजिअ कुमार खड्कासँग जानकारी लिएको छ । थप पढ्नुहोस्

प्रदेश नं ७ का पाँच जिल्लामा साढे दशलाख मतदाता

१९ मंसिर, काठमाडौं । दोश्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख ५० हजार ७३३ जना मतदाता मतदानमा सहभागी हुने भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० जना मतदाता रहेका छन् । कैलालीमा दुई लाख २३ हजार ५०९ पुरुष, दुई लाख ३७ हजार ६३ महिला र आठ जना तेस्रोलिंगी रहेका छन् । प्रदेश नम्बर ७ मा सबैभन्दा कम मतदाता डडेल्धुरामा रहेका छन् । डडेल्धुरामा ४० हजार १५६ पुरुष र ४१ हजार ५७६ महिला गरी कुल ८१ हजार ७३२ मतदाता रहेका छन् । थप पढ्नुहोस्

कञ्चनपुरमा बन्दै छन् खेलकुद संरचना

१९ असोज, काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरस्थित जिल्ला खेलकुद विकास समितिको खेलमैदान परिसरमा विगत केही वर्षयता धमाधम खेलकुद संरचना निर्माण हुँदै गएका छन् । जिल्ला खेलकुद विकास समितिको नेतृत्वभन्दा पनि सम्बन्धित खेल प्रशिक्षक र विभिन्न खेल संघ÷संगठनको सक्रियतामा खेलकुद संरचना निर्माण हुन थालेका हुन् । दलीय नेतृत्वमा बन्ने खेलकुद विकास समितिले खेलकुदको विकासमा खासै पहल गर्न नसके पनि प्रशिक्षकको सक्रियताले लाखौँका खेलकुद संरचना निर्माण भएपछि खेल प्रशिक्षणमा समेत सहजता थपिएको छ । थप पढ्नुहोस्