कतार सङ्कटबारे कायरोमा छलफल हुँदै

१९ असार, काठमाडौं । इजिप्टले कतारमा जारी सङ्कट समाधानको लागि गल्फ देशहरुका विदेशमन्त्रीहरुको बैठक आह्वान गरेको छ । इजिप्टले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनका विदेशमन्त्रीहरुसँग छलफलको आयोजना गर्ने भएको हो । इजिप्टको राजधानी कायरोमा ती विदेशमन्त्रीहरुको बैठक बस्न लागेको छ । इजिप्टले आगामी बुधबार सो बैठकको आह्वान गरेको छ । यस कार्यक्रमको आतिथ्यता इजिप्टले गर्ने भएको इजिप्टेली विदेशमन्त्रीले जानकारी दिएका छन् । थप पढ्नुहोस्

कतारमाथिको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनबिपरीत

११ असार, काठमाडौं । कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन बिपरीत भएको धारणा बाहिर आएको छ । टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्दोगानले आइतबार सो धारणा व्यक्त गरेका हुन्। उनले भनेका छन्– कतारमाथिको प्रतिबन्ध सरासर अन्तर्राष्ट्रिय कानुनबिपरीत रहेको छ र त्यसलाई खुकुलो बनाउने निहूँमा ती देशले कतारमाथि राखेका विभिन्न शर्तहरु झनै अवैधानिक छन् । कतारमाथिको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनबिपरीत ११ असार, काठमाडौं । कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन बिपरीत भएको धारणा बाहिर आएको छ । थप पढ्नुहोस्

कुवेती अमिर छ अरब राष्ट्र र कतारबीचको समस्यालाई लिई साउदी अरब प्रस्थान

२३ जेठ,कुवेत । कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाहसँग कतार छ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध सङ्कट समाधानका लागि मध्यस्थता गर्न साउदी अरब प्रस्थान गरेका छन् । कुवेती अमिर साउदी अरब, इजिप्ट, बहराइनलगायतका छ खाडी मुलुकले कतारले आतङ्कवादलाई सघाएको आरोपमा कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि सोमबारदेखि देखिएको सङ्कट समाधानमा पहल गर्न त्यसतर्फ गएको कतारी सांसदहरुले जनाएका छन् । “अमिर आजै साउदी अरबका लागि छुट्नुभएको छ” कतारका ख्यातीप्राप्त सांसद अलि अल देकवासीले कतारको संसदीय बैठकमा बताए । थप पढ्नुहोस्