एउटै कम्युनिष्ट पार्टी बनाउने तीन दलको सहमति, कांग्रेसले दियो अस्वभाविक गठबन्धनको संज्ञा

१७ असोज, काठमाडौं । मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकता बोध सहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच संयुक्त एकता संयोजन समिति गठन भएको छ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल र निर्वाचनपछि पार्टी एकीकरण गर्नेलगायत छ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका यी दलका शीर्ष नेताहरुले यस अभियानमा अन्य साना वाम दल र प्रगतिशील शक्तिलाई पनि सामेल गराउने घोषणा गरेका छन् । थप पढ्नुहोस्