लेखापरीक्षण तथा करसम्बन्धी प्रशिक्षण सम्पन्न

९ असार, काठमाडौं । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा एक सातासम्म सञ्चालित लेखा, लेखापरीक्षण तथा करसम्बन्धी प्रशिक्षण हिजो समापन भएको छ । तालिम समापन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले चुस्त प्रशासनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले क्याम्पसले अतिरिक्त कार्यका रूपमा प्रशिक्षण आयोजना गर्ने गरेको बताए । सो अवसरमा क्याम्पस प्रमुख मोहनराज शर्माले यहाँका विद्यार्थीलाई स्वदेशकै उन्नतिमा अभ्यस्त बनाउन व्यवहारिक र उत्प्रेरणामूलक काम क्याम्पसले सञ्चालन गरिरहेको उल्लेख गरे । थप पढ्नुहोस्

लक्ष्यभन्दा बढी विज्ञापन कर सङ्कलन

२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा रु एक करोड ५५ लाख बढी विज्ञापन कर सङ्कलन गरेको छ । चालु वर्षका लागि विनापन करमा रु पाँच करोड लक्ष्य लिइएको भएपनि हालसम्म रु छ करोड ५५ लाख सङ्कलन भइसकेको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार आव २०७२/७३ मा रु चार करोड १७ लाख सङ्कलन गरिएको थियो । चालु आवमा अहिलेनै लक्ष्यभन्दा रु एक करोड ५५ लाख बढी सङ्कलन भइसकेको छ । थप पढ्नुहोस्