बेहाल दरबारहरू

१४,साउन काठमाडौं । टंगालस्थित राणाकालीन सीता दरबार। तस्बिर टंगालको सीता दरबारमा दुई वटा कार्यालय थिए भुइँचालो आउनुभन्दा पहिले। उत्तरतिरको भाग बालमन्दिर, दक्षिणतिर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान। भुइँचालोले दरबारमा क्षति पुर्‍याएपछि बालमन्दिर र प्रज्ञा प्रतिष्ठान दुवै टहरामा सरेका छन्। करिब ३५ रोपनी क्षेत्रफलमा बनेको यो भवनमा ताला लगाइएको छ। दरबारभित्र छिर्दा कतै आकर्षक कलाकृतिका कोठा देखिन्छन्, कतै बर्खाको पानी चुहिएर जीर्ण बन्दै गएका कोठा । थप पढ्नुहोस्