२७ अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति

२३ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा रु २७ अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवमा गत आवको तुलनामा सार्वजनिक निष्काशन अनुमति लिनेको संख्या र रकम दुबैमा बढोत्तरी भएको हो । अघिल्लो वर्षको तुलनामा ६ दशमलव ९८ प्रतिशत तथा रकमको आधारमा ३० दशमलव ४५ प्रतिशतले वृद्धि भई कूल ४६ वटा संस्थाले सार्वजनिक निष्काशनको अनुमति लिएका हुन् । थप पढ्नुहोस्

अनियमितता गरिरहेको साझा प्रकाशनलाई करोडौं दिइएकामा सांसदको आपत्ति, आयल निगमको जग्गा खरिद काण्ड अख्तियारमा

२० साउन, काठमाडौं। सांसदहरुले ११ वर्षदेखि लेखापरीक्षण नगराएको साझा प्रकाशनलाई रु १० करोड अनुदान र रु २० करोड ऋण दिएकामा आपत्ति जनाएका छन् । विभिन्न पत्रपत्रिकामा अनियमितताको समाचार सार्वजनिक भएपछि आज बसेको व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले विसं २०६३ देखि लेखापरीक्षण नगरेकाले छानबिन गर्न माग गरेका हुन् । सांसद रामहरि खतिवडाले नेताहरुको सिफारिसमा प्रकाशनमा कर्मचारी नियुक्ति गरेर संस्थालाई टाट पल्टाएको बताए । थप पढ्नुहोस्