सातो उडाउने दहीखोलाको पहिरो

११ असोज, काठमाडौं । घरिघरि हुने बन्द र साँघुरो सडकका कारण कर्णाली राजमार्गमा हिँड्ने यात्रुलाई निकै सास्ती हुनेगर्दछ । यात्रामा सास्ती मात्र नभइ ज्यान जाने डरले उनीहरुलाई निकै सताउने गर्दछ । कालिकोटस्थित दहीखोलाको पहिरो आतंकले त झन् गाडी व्यवसायी र यात्रु दुबैको होस्हवास उडाउँछ । जुम्लाबाट तल झर्ने होस् या नेपालगञ्ज, सुर्खेतबाट माथि चढ्ने होस्, जोसुकैले एउटै प्रश्न गर्छन्– “दहीखोलाको अवस्था कस्तो छ ?” दहीखोला यात्रुका लागि भूत बनेको छ । चाहेर पनि राज्यले एकैपटक त्यहाँको पहिरो रोक्नसक्ने अवस्था छैन । हजारौँ यात्रु यसलाई पार नगरुञ्जेल डर पालेर बस्छन् । थप पढ्नुहोस्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको हाहाकार

१९ भदौ, काठमाडौं । पटक–पटक भएको कर्णाली राजमार्ग अवरुद्धले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अक्सिजनको हाहाकार भएको छ । एक सातादेखि कर्णाली राजमार्गमै अक्सिजनको सिलिण्डर बोकेका गाडी थन्किएकाले प्रतिष्ठानमा यसको अभाव भएको हो । अक्सिजन सकिएका कारण हाडजोर्नीका मात्र १५ जना बिरामी अस्पतालमा शल्यक्रिया गर्न पर्खनुपरेको मेडिकल निर्देशक डा पुजन रोकायाले बताए । कालिकोटको गगने खोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएपछि यो समस्या भएको हो । “मगाइएका सबै सिलिण्डर गगने खोलाभन्दा अघि बढेका छैनन् । थप पढ्नुहोस्

कर्णाली नदी बेसिनलाई नेपाल, भारत र चीनको संयुक्त लगानीमा पर्यटन हब बनाउने सरकारको तयारी

१७ भदौ, काठमाडौं । सरकारले कर्णाली र त्यसका सहायक नदीबाट विद्युत् उत्पादन गर्ने र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी संयुक्त कार्यक्रम अगाडि बढाउने भएको छ । मुलुकको जलविद्युत् विकासको प्रचूर सम्भावना भएका क्षेत्रमध्ये कर्णाली नदी र त्यसका सहायक नदी नै हुन् । सरकारले पहिचान गरेकै आधारमा हेर्ने हो भने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)कै सबैभन्दा ठूलो आयोजना कर्णाली चिसापानी जलविद्युत् परियोजनासमेत सोही क्षेत्रमा पर्दछ । थप पढ्नुहोस्

माथिल्लो कर्णाली आयोजना प्रभावितलाई जुलाईदेखि मुआब्जा वितरण गरिँदै

हेमन्त केसी १२ असार, सुर्खेत । माथिल्लो कर्णालीको प्रवद्र्धक जीएमआरले आगामी जुलाईदेखि जग्गाधनीलाई मुआब्जा वितरण गर्ने तयारी गरेको छ । यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) सुर्खेत शाखाले आयोजनास्थल दैलेखको डाबमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका शाखा प्रबन्धक कृष्णराज जोशीले जीएमआरले चुनावलगत्तै मुआब्जा वितरणको तयारी गरेकाले अत्याधुनिक प्रविधिसहितको एक्सटेन्सन काउन्टर स्थापना गरिएको बताए । जीएमआरले नोभेम्बर तेस्रो साता प्रभावित क्षेत्रका जग्गाधनीसँग अप्रिल महिनासम्म अधिग्रहण गरिसक्ने सम्झौता गरेको थियो । थप पढ्नुहोस्

कर्णाली भीरमा बस खस्दा ११ को मृत्यु २१ घाइते, सबैको अवस्था चिन्ताजनक

१ असार, काठमाडौं । कालिकोटको जितेगडाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस बुधबार दैलेखको आठबीस नगरपालिका–४ नैनलदेव मन्दिरनजिक दुर्घटना हुँदा ११ को मृत्यु भएको छ । २१ घाइते भएका छन् । बस कर्णाली राजमार्गबाट तीन सय मिटर तल खसेर कर्णाली नदीमाथिको भीरमा अड्केको छ । मृतकमध्ये दशको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी इन्स्पेक्टर एकेन्द्र खड्काका अनुसार मृत्यु हुनेमा आठ पुरुष, दुई महिला र एक नाबालक छन् । बसमा ३२ यात्रु रहेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईको हेलिकोप्टरमार्फत उद्धार गरिएको आजको नयाँपत्रिकामा खबर छ । थप पढ्नुहोस्