कला समीक्षक वाङ्देलको स्मरणमा शोकसभा

२२ साउन, कामाडौं । नेपाली कलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्वपूर्ण योगदान पु¥याउनुभएकी कला समीक्षक डा डीना वाङ्देलको आज स्मरण गरिएको छ । नेपाल आर्ट काउन्सिलले उनको निधनको तेह्रौँ दिनको पुण्यतिथिमा आज वाङ्देलले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न पु¥याएको योगदानको समीक्षा गरियो । उनले संयुक्त राज्य अमेरिकाको भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा कलासम्बन्धी इतिहासको निर्देशक पदमा रही विभिन्न राष्ट्रमा कार्यरत अनुभवी विशेषज्ञसँग सम्पर्क राखी नेपालको कलालाई विश्वजगत्सम्म पु¥याएकी थिइन् । थप पढ्नुहोस्

नेपाली प्रिन्ट कला प्रदर्शनी सुरु

२९ जेठ, काठमाडौं । नेपालमा प्रिन्ट कलाको महत्व बढ्दै गएको भेटिएको छ । यसै सन्दर्भमा काठमाडौँ विश्वविद्यालय सेन्टर फर आर्ट एन्ड डिजाइनमा अध्ययनरत करिब २५ विद्यार्थीले तयार पारेको प्रिन्टको प्रदर्शनी पार्क ग्यालरी पुल्चोक, ललितपुरमा भइरहेको छ । अग्रज कलाकारद्वय उमाशङ्कर साह र डा. सीमा शर्माले संयुक्त रुपमा उद्घाटन गरेको सो प्रदर्शनीमा उडकटमा तयार पारिएका कलाकृति राखिएका छन् । नेपाली कलामा प्रिन्ट कलाको महत्व बढ्दै गइरहेको बताउँदै साहले भने, “प्रिन्टमेकिङको क्रेज बढ्नु नेपाली कला क्षेत्रका लागि सुखद् सङ्केत हो । थप पढ्नुहोस्