‘हेलो सरकार’ अब सरकारी ‘कल सेन्टर’ बन्दै, ६४ हजार गुनासामध्ये ५६ हजार गुनासोको सम्बोधन

१८ साउन, काठमाडौं । जनताका गुनासा सम्बोधन गर्न स्थापना गरिएको ‘हेलो सरकार’ लाई अब सरकारी ‘कल सेन्टर’को रुपमा परिणत गरिने भएको छ । हेलो सरकारबाट तुरुन्तै जनताका गुनासा सम्बोधन नभएपछि कल सेन्टरमार्फत जनताका गुनासा प्रत्यक्ष सम्बोधन गर्नका लागि पठाउन थालिएको हो । गुनासो प्रत्यक्ष सम्बन्धित अधिकारीलाई सुनाई प्रत्यक्षरुपमा सर्वसाधारणलाई नै सम्बोधन गर्नका लागि ल्याउन ‘कलसेन्टर’ ल्याउन थालिएको ‘हेलो सरकार’ कार्यक्रमका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । कलसेन्टरबाट सर्वसाधारणले आफ्नो गुनासाको प्रत्यक्ष समाधान हुनेछ । थप पढ्नुहोस्