काँग्रेसको सोच र संगठनमा परिवर्तन गर्नुपर्छ : नेता सिंह

१ असोज, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले अब संगठन तथा सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन् । सर्वमान्य नेता गणेशमान सिंहको २० औँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं १ ले भक्तपुरको दुवाकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले समयको मागअनुसार काँग्रेसमा परिवर्तन नआए जन आधार गुम्ने बताए । उनले पार्टीले गणेशमान सिंहको विचार र सिद्धान्तलाई बिर्सिदै गएको बताए । थप पढ्नुहोस्

चुनावी माहोल तताउँदै काँग्रेस

२६ भदौ, काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ मा चुनावी अभियान शुरु गरेको छ । चुनावी अभियानका क्रममा काँग्रेसले प्रदेश नं २ का आठवटै जिल्लामा आफ्ना उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न कार्यक्रम आयोजना गर्दैैछ । ती चुनावी सभालाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । थप पढ्नुहोस्

१६ स्थानीय तहमा काँग्रेसको उम्मेदवारी टुंगो लाग्यो

२० भदौ, काठमाडौं । नेपाली काँग्रेस सप्तरीले अगामी असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सप्तरीमा १८ वटा स्थानीय तहमध्ये १६ वटामा उम्मेदवारको नाम टुंगो लगाएको छ । नेपाली काँग्रेसले राजविराज नगरपालिकाको प्रमुखमा ध्रुवकुमार देव र उपप्रमुखमा सुशीलाकुमारी यादवको नाम उम्मेदवारमा छनोट गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा सरोज बिराजी, उपप्रमुखमा राजेश्वरीदेवी यादव, सप्तकोशी नगरपालिकाको प्रमुखमा कृष्णप्रसाद ढकाल र उपप्रमुखमा रीताकुमारी चौधरीको नाम रहेको छ । थप पढ्नुहोस्

काँग्रेसद्धारा बाढीपहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त

२८ साउन, काठमाडौं । नेपाली काँग्रेसले मुलुकका विभिन्न ठाउँमा आएको बाढी पहिरोले पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी केही दिनदेखि मुलुकभर परेको अविरल वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् । विज्ञप्तिमा बाढी पहिरोका कारण सुनसरी, झापा, सिन्धुली, दाङ, बर्दिया, मोरङलगायत जिल्लामा ३० भन्दा बढी व्यक्तिको मृत्यु, ठूलो संख्यामा बेपत्ता तथा घाइते र ठूलो धनमालको क्षति पुगेको जनाइएको छ । थप पढ्नुहोस्

जिसस डडेल्धुरामा काँग्रेसको प्यानल निर्विरोध

२२ साउन, काठमाडौं । डडेल्धुरा जिल्लाको जिल्ला समन्वय समिति नेपाली काँग्रेसको प्यानल निर्विरोध चयन भएको छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गरेका गणेश भट्टको प्यानल पूरै निर्विरोध भएका जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । उपप्रमुखमा परशुराम नगरपालिकाबाट रत्ना कामी उपसंयोजकमा मनोनीत भएका छन् । अन्य दलहरुले उम्मेदवारी नदिएपछि नेकाको पूरै प्यानल विजयी भएको हो । थप पढ्नुहोस्

सम्मानित नेताको नाममा खोलिएको हस्पिटललाई व्यापारिक केन्द्र बनाउने ?

२७ असार, काठमाडौं । स्वास्थ्य मन्त्रालयले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल (प्रस्तावित) को घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ । अस्पतालले विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालको पत्थरीको शल्यक्रियामा मिर्गौला झिकेको भन्दै बिरामी र उनका आफन्तले विरोध गर्दै न्याय पाउनुपर्ने माग राखेका छन् । थप पढ्नुहोस्

विराटनगर महानगरपालिकामा काँग्रेस विजयी

२५ असार, काठमाडौं । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोदकुमार ढकालले १७ हजार ३२२ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गरे । त्यस्तै, उपप्रमुख पदमा काँग्रेसकी इन्दिरा कार्की २० हजार १४६ मत प्राप्त गरी विजयी भइन् । थप पढ्नुहोस्

विराटनगरमा नेपाली काँग्रेसको अग्रता

१९ असार, काठमाडौं । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले निरन्तर रुपमा अग्रतामा बढोत्तरी गर्दै गइरहेको छ । नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार भीम पराजुलीले छ हजार ३४३ मत, नेकपा (एमाले)का विनोद ढकालले चार हजार ३९१ मत, सङ्घीय समाजवादी फोरमका उमेश यादवले तीन हजार ९०७ मत प्राप्त गरेकाछन् । त्यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीले पाँच हजार ५४० मत, नेकपा (माओवादी केन्द्र) की नमिता न्यौपानेले दुई हजार ७०० मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले दुई हजार ४४० मत प्राप्त गरेका छन् । थप पढ्नुहोस्

दुई सय ४६ स्थानको मत परिणाम आउँदा काँग्रेस दोस्रो स्थानमा

१९ असार, काठमाडौं । आज दिउँसो २ः३० बजेसम्म २४६ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । दोश्रो चरणअन्तर्गत यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । यो सँगै २० जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नं १ का ९३, प्रदेश नं ५ का ८० र प्रदेश नं ७ का ७३ स्थानीय तहको अन्तिम मत परिणाम घोषणा भइसकेको छ । थप पढ्नुहोस्

रोल्पामा कांग्रेसको विजयी उत्सव

१८ असार, काठमाडौं । माओवादीगढ मानिने रोल्पामा अन्य दलले पनि स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेका छन् ।  कांग्रेसले लुंग्री गाउँपालिका जितेर माओवादी नेताहरुलाई स्तब्ध बनाएको छ । लुंग्री गाउँपालिकामा कांग्रेसका दुर्गाबहादुर खड्का अध्यक्षमा र भीममाया बुढा उपाध्यक्षमा निर्वाचित भएका छन् । रोल्पालाई पनि रुकुम जस्तै ‘क्लिन स्वीप’ गर्ने सबै प्रयास असफल भएको माओवादी युवा नेता दिपेश पुनले स्वीकार गरे । उनी चुनावी अभियानको क्रममा करीब एक महिना रोल्पामा खटिएका थिए । केही आन्तरिक कमजोरीका कारण पनि सोचे जस्तो सबै नतिजा निकाल्न नसकिएको उनले बताए । थप पढ्नुहोस्