कांग्रेसले मन्त्रीहरुको नाम टुंग्यायो

१० साउन, काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्रीहरु बन्नेहरुको नाम लगभग टुंगिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आज मंगलबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । आज ५ बजे सपथ गराउने तयारी भए पनि आज नभए भोलि विहानै ९ बजे सपथ गराउने तयारी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ वटा मन्त्रालय लिने सहमति सत्ता साझेदार दलहरुबीच भएको छ । कांग्रेसबाट उपप्रधानसहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर भइसकेका छन् । थप पढ्नुहोस्