काठमाडौंको मौलिक संस्कृति संरक्षण गर्न प्रधानमन्त्री देउवाको निर्देशन

५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको मौलिक संस्कृति र पुरातत्वको संरक्षण गरेर निर्माण र पुनःनिर्माणकार्य गर्न निर्देशन दिएका छन् । आफूलाई भेट्न प्रधानमन्त्री कार्यालय आएका काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीसँगको भेटमा उनले ‘राजधानीको प्राचीन कला र मौलिकता नै मुलुकको पहिचान हो’–भने । प्रधानमन्त्री देउवाले काठमाडौंको पूर्वाधार निर्माणमा सम्बन्धित निकायसँग समन्वय गरेर काम गर्नसमेत निर्देशन दिएको उपप्रमुख खड्गीले जानकारी दिइन् । थप पढ्नुहोस्

काठमाडौँ विश्वविद्यालयको बजेट रु ४ अर्ब

२१ असार, काठमाडौं । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको ७६ औँ सभा बैठकले आव २०७३÷७४ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्नाका साथै आगामी आव २०७४/७५ मा गर्नुपर्ने कार्यक्रम र बजेट पारित गरेको छ । विश्वविद्यालयसभा बैठकले स्वास्थ्य विज्ञान कार्यक्रमको रु दुई अर्ब ६४ करोड १३ लाख ४२ हजार र अन्य कार्यक्रमको रु एक अर्ब २७ करोड २० लाख गरी रु तीन अर्ब ९१ करोड ३३ लाख ४२ हजारको बजेट पारित गरेको हो । थप पढ्नुहोस्