साउन १ गतेदेखि खानेपानीले पनि कम्प्युटर प्रणालीबाट ग्राहकको घरमा बिल काट्ने

२२ असार, काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लि (काउखालि) आगामी साउन १ गतेदेखि नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरण जस्तै कम्प्युटर प्रणालीमा जाने भएको छ । लि. कम्प्युटर प्रणालीमा गएपछि उपत्यकाका जुनसुकै कार्यालयबाट पानीको महसुल तिर्न सकिनेछ । साउनदेखि नै लिमिटेडका (मिटर रिडर) ले पनि प्राधिकरणले जस्तै स्थलगत रुपमै(बिलिङ) गर्ने प्रविधि प्रयोग गर्ने प्रवक्ता सुरेश आचार्यले नेपाल बहसलाई जानकारी दिए । थप पढ्नुहोस्