काठमाडौँ ४ मा दुई युवा उम्मेदवारको रस्साकस्सी उचाइमा

१५ मंसिर, काठमाडौं । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ दुई चर्चित युवा नेता उम्मेदवार रहेका कारण चर्चामा छ । डा राजन भट्टराईले वाम गठबन्धनको नेकपा (एमाले)बाट र गगनकुमार थापाले नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दैछन् । विसं २०७० मा दोस्रो संविधानसभाको निर्वाचनमा निर्वाचित थापा फेरि आफ्नो विरासत गुमाउन नदिने पक्षमा छन् भने मन्त्रिपरिषद्बाट सांसद मनोनीत डा भट्टराई वाम गठबन्धनको सहयोगमा थापाको विरासतलाई उल्टाउने प्रयासमा छन् । थप पढ्नुहोस्