काठमाडौं क्षेत्र नं ९ मा कडा प्रतिस्पर्धा, ध्यानगोविन्द र कृष्णगोपालमा कसले मार्ला बाजी ?

११ मंसिर्, काठमाडौ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रतिनिधिसभा र प्रदेशसभाका चुनावमा लोकतान्त्रिक गठबन्धन र वामगठबन्धनको कडा प्रतिस्प्रर्धा देखिएको छ । उक्त क्षेत्रको अधिकांश स्थानमा दुबै गठबन्धनबाट दिनहुँ हुने राजनीतिक गतिविधि तथा त्यहाँ सहभागी हुने स्थानीयवासीको संख्यालाई आधार बनाउने हो भने कुन दलले चुनावी बाजी मार्ने भन्नेमा अहिले नै यकिन गर्न कठिन छ । राजधानीको यस निर्वाचन क्षेत्रमा दुई नेवार समुदायका उम्मेदवारबीचको प्रतिस्पर्धालाई उपत्यकाका अन्य निर्वाचन क्षेत्रमा समेत निकै चासोपूर्वक हेरिएको छ । थप पढ्नुहोस्