यस्तो छ, छठ पर्वको महिमा

६ कात्तिक, काठमाडौं । महोत्तरीसहित मुलुकका विभिन्न भागमा श्रद्घा र निष्ठापूर्वक मनाइने छठ पर्व आज ‘अरबा–अर्बाइन’ विधिसँगै शुरु भएको छ । सामान्यतया कात्तिक शुक्ल चौथीदेखि पर्व विधिवत् शुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यवस्तु खान छाडेर व्रतको संकल्प गरिने ‘अरबा–अर्बाइन’ विधिसँगै व्रतालुले छठको तयारी शुरु गरेका हुन् । थप पढ्नुहोस्