कान्दाहारको सैनिक पोष्टमा आक्रमण, २६ सैनिकको मृत्यु

११ साउन, काठमाडौं । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिवान आतङ्ककारी समूहले मङ्गलबार रातभर गरेको आक्रमणमा कम्तीमा २६ सैनिकको मृत्यु भएको छ । अफगान रक्षा मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । मङ्गलबार अबेर रातिबाट ठूलो सङ्ख्यामा आएका तालिवान आतङ्ककारी समूहले रातभर गरेको हमलामा परी २६ सैनिकको मृत्यु हुनुका साथै अन्य १३ सैनिक घाइते भएको सैनिक प्रवक्ता दउलत वाजिरीले बताएका छन् । सो आक्रमण बुधबार बिहानसम्म जारी रहेको छ । थप पढ्नुहोस्