काभ्रेलाई प्रादेशिक राजधानी बनाउन दलहरु आन्तरिक गृहकार्यमा

२४ पुस, काठमाडौं । प्रदेश ३ को राजधानी काभ्रेपलाञ्चोक बन्नसक्ने सम्भावना यथावत छ । सरकारले अस्थायी राजधानी नतोेकेका कारण र ३ नं प्रदेशको राजधानीका लागि अधिकांश जिल्लालाई पायक पर्ने स्थान काभ्रेपलाञ्चोक नै भएका कारण पनि प्रादेशिक राजधानीको सम्भावना देखिएको हो । यस जिल्लालाई राजधानी बनाउने विषयमा प्रमुख राजनीतिक दलहरुबीच पनि मतैक्यता देखिएको छ । नागरिक समाज र राजनीतिक दलहरुले केही दिन अघि बनेपामा प्रदर्शन गर्दै प्रादेशिक राजधानी काभ्रेपलाञ्चोकलाई बनाउन माग गरेका हुन् । थप पढ्नुहोस्