साउदी अरबमा ११ जना विदेशी कामदारको मृत्यु

२८ असार, काठमाडौं । साउदी अरबको एउटा घरमा आगलागी हुँदा घरभित्रै निसास्सिएर बुधबार एघार विदेशी कामदारको मृत्यु भएको छ । झ्याल नभएको घर भएकाले उनीको निसास्सिर मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । अग्नी नियन्त्रकहरूले भनेका छन्, “बाहिरबाट हावा आवतजावत गर्नेगरी ‘भेन्टीलेटर’ नभएको पुरानो घरमा आगलागी भएकाले एघारको मृत्यु हुनुका साथै अरू छ जना घाइते भएका छन् ।” घटनामा परी मृत्यु हुनेमा भारत र बङ्गलादेशका नागरिक रहेको नाजरान प्रदेशका नागरिक सुरक्षा अधिकारीले जानकारी दिए । थप पढ्नुहोस्

अनलाइन श्रम स्वीकृति प्रणाली, ’जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड‘

काठमाडौँ, २७ असार । वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति अनलाइन प्रणालीमार्फत दिन शुरु गरिएपछि सेवाग्राही लामो लाम बस्नुपर्ने यसअघिको झन्झट हटेको छ । वैदेशिक रोजगार विभाग, काठमाडौँ कार्यालय श्रमग्राम, ताहाचलमा श्रम स्वीकृतिका लागि अनलाइन प्रणाली ल्याइएपछि लाम लाग्नुपर्ने बाध्यता हटे पनि अन्य समस्या हट्न सकेको छैन । थप पढ्नुहोस्