नियम विपरित राखिएका होर्डिङबोर्ड हटाउँदै कामपा

१५ चैत, काठमाडौं । काठमाडौँ महानगरपालिकाले नियम बाहिर रही राखिएका विज्ञापन हटाउने कामलाई तीव्रता दिएको छ । एक वर्षअघि नै अभियानका रुपमा जथाभावी रुपमा राखिएका विज्ञापन तथा होर्डिङबोर्ड हटाइसकेको कामपामा पुनः जथाभावी विज्ञापन देखिएकाले सुन्दर शहरको परिकल्पनासहित उक्त कार्य शुरु गरेको कामपाले जनाएको छ । यदि कसैको भरोसामा उक्त कार्य गरिएको प्रमाण फेला परे कानुनीरुपमा नै कारबाही गरिने पनि कामपाका निर्देशक नवराज ढकालले प्रष्ट पारे । थप पढ्नुहोस्

अभियानकै रुपमा शुरु गर्यो कामपाले विकासको काम

१९ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा विकासको कामले गति लिएको छ । जनप्रतिनिधि आएपछिको मुख्य प्राथमिकतामा परेको ‘क्लिन द सिटी’ (सफा शहर) अभियान अहिले तीव्ररुपमा अघि बढेको छ भने अन्य विकास निर्माणको काम पनि भइरहेको छ । करिब एक हप्तादेखि बिहानको समयमा ब्रुमर (धुलो सोस्ने) को माध्यमबाट सडकको थुलो उठाएको कामपाले बेलुकीको समयमा भने जेट मेसिनबाट सडक पानीले पखालेर शहर सफा राख्ने कामलाई निरन्तर अघि बढाएको छ । स्थानीय सरकारले यसरी काम गरिरहँदा केन्द्र सरकारले सहयोग नगरेको आरोप पनि स्थानीय सरकारले केन्द्र सरकारलाई लगाएको छ । थप पढ्नुहोस्

सूचना प्रविधिमैत्री कामपा बनाउन नगरवासीलाई ‘मेट्रो’ एप्स

२१ कात्तिक, काठमाडौं । महानगर र नगरवासीबीचको सम्बन्ध पारदर्शी एवं सूचना प्रविधिमैत्री बनाउन काठमाडौँ महानगरपालिकाले औपचारिक रुपमा ‘काठमाडौँ मेट्रो’ एप्सको सुरुवात गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले एप्सको शुभारम्भ गर्दै प्रविधिको उचित प्रयोगमार्फत कामपाले गरेका विकास निर्माणका कार्यलाई छिटो र यथार्थ रुपमा जनतामा लैजान एप्सको भूमिका महत्वपुर्ण रहने बताएका छन् । कामपाका सेवाग्राहीले सेवा सुविधाका बारे घरमै बसेर बझ्न र महानगरको अधिकार, दायित्व र कामको गतिविधिबारे प्रष्ट पार्न एप्सको भूमिका प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे । थप पढ्नुहोस्