कतार सङ्कटबारे कायरोमा छलफल हुँदै

१९ असार, काठमाडौं । इजिप्टले कतारमा जारी सङ्कट समाधानको लागि गल्फ देशहरुका विदेशमन्त्रीहरुको बैठक आह्वान गरेको छ । इजिप्टले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनका विदेशमन्त्रीहरुसँग छलफलको आयोजना गर्ने भएको हो । इजिप्टको राजधानी कायरोमा ती विदेशमन्त्रीहरुको बैठक बस्न लागेको छ । इजिप्टले आगामी बुधबार सो बैठकको आह्वान गरेको छ । यस कार्यक्रमको आतिथ्यता इजिप्टले गर्ने भएको इजिप्टेली विदेशमन्त्रीले जानकारी दिएका छन् । थप पढ्नुहोस्