नेप्सेमा सूचीकृत १२ कम्पनी सम्पर्क विहीन, साधारणसभा सकिएपनि मेगा बैंकको कारोबार अझै खुलेन

२५ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल २०६ वटा कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायिक कम्पनी सम्पर्कमा रहेका छैनन् । उनीहरुले स्टकलाई बुझाउनुपर्ने नवीकरण शुल्कसमेत नबुझाएको पाइएको छ । वार्षिक साधारणसभासमेत नगरेका, नवीकरण शुल्क नबुझाएका र स्टकको सम्पर्कमा नरहेका ती कम्पनीलाई सम्पर्कमा आउन स्टकले पत्र पठाएको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । थप पढ्नुहोस्

आन्तरिक राजस्वको कडाइका कारण शेयर दलालहरु कारोबार बन्द गरी पुगे धितोपत्र वोर्डको कार्यालय

१५ असार, काठमाडौं । आन्तरिक राजश्व बिभागले केही दिन अघि सेयर दलालहरुले लगानीकर्ताबाट असुल्दै आएको कमिशन रकमबाट मूल्य अभिबृद्धि कर(भ्याट) असुल्ने कडा कदम चालेपछि सेयर दलालहरु आज धितोपत्र बोर्ड पुगेका छन् । कर कार्यालयहरुले धितोपत्र कारोबार गर्ने दलालको कार्यालयलाई पत्र पठाई २०६९ सालदेखि असुल्दै आएको कमिशन रकमबाट भ्याट बुझाउन निर्देशन दिएपछि दलालहरुले आज कारोबार बन्द गरी धितोपत्र बोर्डसँग छलफलका लागि पुगेका छन् । थप पढ्नुहोस्

राष्ट्र बैंकलाई परिसङ्घको सुझाव

११ असार, काठमाडौं । नेपाल उद्योग परिसङ्घले लगानीयोग्य रकम अभाव हुन नदिन अल्पकालीन एवम् मध्यकालीन उपाय अवलम्बन गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । केन्द्रीय बैंकका केही कर्मचारीको सहभागितामा परिसङ्घले आयोजना गरेको एक कार्यक्रममा बैंकिङ प्रणालीमा आएको लगानीयोग्य रकमको अभावले चालु आर्थिक वर्षको तेस्रो महिनामा कर्जाको ब्याजदर वृद्धि भएको र त्यसले अर्थ व्यवस्थाको समग्र लगानी घट्ने, कुल गार्हस्थ्य उत्पादनमा ह्रास आउने र रोजगारीका अवसर सङ्कुचित हुने प्रवृति देखिन थालेकामा चिन्ता व्यक्त गरेको छ । थप पढ्नुहोस्