नेता र कार्यकर्ता कांग्रेसमा प्रवेश

१६ असोज, काठमाडौं । नेपाली काँग्रेस रुपन्देहीद्वारा स्थानीय मझगाँवामा आज आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय बसिउद्दिन खाँ, फकरुद्दिन खाँ, नेपाल लोकतान्त्रिक फोरमका वशिष्ठमणि त्रिपाठी, युवा व्यवसायी प्रमोद यादवसहित सयौँ नेता कार्यकर्ता कांगे्रसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालगायत नेताहरुले पार्टी प्रवेश गराएका थिए । यसैबीच, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसले टिकट वितरण समयमै गर्ने बताएका छन् । थप पढ्नुहोस्