काठमाडौँमा नगर कार्यपालिका निर्वाचन प्रक्रिया सुरु

काठमाडौँ, १७ जेठ । काठमाडौँका नगरपालिकामा नगर कार्यपालिकाको निर्वाचन प्रक्रिया सुरु भएको छ । शङ्खरापुर नगरपालिकामा आज भएको आठ सदस्यीय कार्यपालिकाको निर्वाचनमा नेकपा (एमाले) को समूह विजयी भएको छ । एमालेले २५ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलको गठबन्धनले २० मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले राससलाई जानकारी दिए । यसअघि नगर सदस्यमा निर्वाचित महिलामध्येबाट नगर कार्यपालिका सदस्यको निर्वाचन गरिएको थियो । थप पढ्नुहोस्