कसैलाई खुसी बनाउन संविधान संशोधन हुँदैन : बामदेव

१० साउन, नेपालगन्ज, । नेकपा एमालेका कार्यबहाक अध्यक्ष बामदेव गौतमले कसैलाई खुसी बनाउनमात्रै आफ्नो दल संविधान संशोधनको कार्यसूचीमा सहभागी नहुने बताएका छन् । प्रदेश नम्बर–५ अन्तर्गत जिल्लाबाट स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट विजयी जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई मंगलबार नेपालगन्जमा सम्बोधन गर्दै उनले ‘तराई र पहाडबीच फाटो ल्याउने योजनालाई जनताले निर्वाचनमार्फत् असफल बनाएका छन्’–भने । थप पढ्नुहोस्