नुवाकोट समानुपातिकमा काँग्रेस अगाडि, कालिकोटमा माओवादी

२७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भने जिल्लामा नेपाली काँग्रेस अगाडि देखिएको छ । गएराति सम्पन्न मतगणनाअनुसार जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएका छन् । प्रत्यक्षतर्फको छवटै सिट गुमाएको काँग्रेसले समानुपातिकमा ४७ हजार २५५ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो । यस्तै, एमालेले ३९ हजार ६०९ मत ल्याएर दोस्रो र माओवादी केन्द्रले २७ हजार ८५० मत ल्याएर तेस्रो भएको छ । थप पढ्नुहोस्

सातो उडाउने दहीखोलाको पहिरो

११ असोज, काठमाडौं । घरिघरि हुने बन्द र साँघुरो सडकका कारण कर्णाली राजमार्गमा हिँड्ने यात्रुलाई निकै सास्ती हुनेगर्दछ । यात्रामा सास्ती मात्र नभइ ज्यान जाने डरले उनीहरुलाई निकै सताउने गर्दछ । कालिकोटस्थित दहीखोलाको पहिरो आतंकले त झन् गाडी व्यवसायी र यात्रु दुबैको होस्हवास उडाउँछ । जुम्लाबाट तल झर्ने होस् या नेपालगञ्ज, सुर्खेतबाट माथि चढ्ने होस्, जोसुकैले एउटै प्रश्न गर्छन्– “दहीखोलाको अवस्था कस्तो छ ?” दहीखोला यात्रुका लागि भूत बनेको छ । चाहेर पनि राज्यले एकैपटक त्यहाँको पहिरो रोक्नसक्ने अवस्था छैन । हजारौँ यात्रु यसलाई पार नगरुञ्जेल डर पालेर बस्छन् । थप पढ्नुहोस्