काश्मिरमा तिर्थयात्रीमाथि आक्रमण, सातको मृत्यु

२८ असार, काठमाडौं । भारतको काश्मिरी इलाकाको अनन्तनाग जिल्लामा दुई पक्षबीच गोली हानाहान भइरहेको बेला विद्रोहीको हमलामा परी सोमबार राति सात जना हिन्दु तीर्थयात्रीहरु मारिएका छन् । घटनामा ज्यान गुमाउने सातजनामध्ये छ जना महिला र एक जना पुरुष रहेका कश्मीरबाट सुरक्षा अधिकारीले जनाएका छन् । उक्त हमलामा अन्य १९ जना घाइते भएका छन् । ती मध्ये केही प्रहरी रहेको बताइएको छ भने आक्रमणमा परेको बसमा कूल ५६ जना यात्रु सवार थिए र उनीहरु मध्ये धेरै गुजरात र केही महाराष्ट्र राज्यबाट आएको बताइएको छ । थप पढ्नुहोस्