मेयर शाक्यज्यू, कसले चोर्दै छ काष्ठमण्डपका पुरातात्विक काठ ?

२५ पुस, काठमाडौं । काष्ठमण्डपको एक हजार १०० वर्ष पुरानो काठ वसन्तपुर क्षेत्रमा बेवारिसे छोडिँदा चोरी हुन थालेको छ । चुनाव प्रचारका बेला विभिन्न दलका नेताले पुरातात्विक महत्वको काष्ठमण्डप यथाशिघ्र निमार्ण हुने बताए पनि अहिले त्यो काम हुन सकेको छैन । पुरातात्विक महत्वको काठ काष्ठमण्डप, शिव पार्वती सत्तल, गृह मन्त्रालयअन्तर्गतको समारोह प्रबन्ध फाँटको कार्यालय रहेको चोक, भैरव मूर्ति अगाडि बेवारिसे अवस्थामा राखिएको छ । भूकम्पको ३२ महिना बित्दासमेत काष्ठमण्डप पुनःनिर्माण त परै जावस् पुरातात्विक चीजबीजको संरक्षणसमेत हुन सकेको छैन् । थप पढ्नुहोस्

अझै हुन सकेन काष्ठमण्डपको पुनःनिर्माण कार्य

१ असोज, काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप (मरु सतः) को पुनःनिर्माण कार्य अझै शुरु हुन सकेको छैन । विश्वलाई नै नेपालको छुट्टै परिचय दिलाउने काष्ठमण्डप झण्डै एक हजार ३०० वर्ष पुरानो रहेको छ । काष्ठमण्डपको क्षतिग्रस्त भएसँगै काष्ठमण्डपलगायत यो र योसँग जोडिएको अमूर्त सम्पदा पनि ध्वस्त भएको थियो । काष्ठमण्डप पुनःनिर्माण अभियानले झण्डै डेढ वर्षदेखि जनस्तरबाट नै काष्ठमण्डपको पुनःनिर्माण अभियानमा जुटिरहेको छ । थप पढ्नुहोस्