विदेशी राष्ट्रप्रमुख स्तरका पाहुनालाई कोठा तयार गरिँदै

१२ पुस, काठमाडौं । कास्की जिल्लाको रुपाकोट गाउँपालिका–६ मा सञ्चालित रुपाकोट रिसोर्टले विदेशी राष्ट्रप्रमुख स्तरका अतिविशिष्ट पाहुनालाई लक्षित गरी स्वीट रुम तयार गर्ने भएको छ । रुपाकोट रिसोर्ट तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मंगलबार आयोजित एक कार्यक्रममा रिसोर्टका प्रबन्ध निर्देशक पुष्पराज अधिकारीले सुविधासम्पन्न ४२ कोठासहित सेवा प्रवाह गरिरहेको रिसोर्टले थप चार वटा स्वीट रुमसहित अन्य छवटा सुविधासम्पन्न कोठा (डिलक्स रुम) तयार गर्न लागेको जानकारी दिए । थप पढ्नुहोस्

कास्कीमा विकासका लागि घोषणापत्र सार्वजनिक

२० कात्तिक, काठमाडौं । नेपाली काँग्रेस कास्कीले जिल्लालाई समृद्धि र विकासको मार्गमा लैजान कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट जिल्लामा बनेका उम्मेदवारको उपस्थितिमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्लाको घोषणापत्र सार्वजनिक गर्दै काँग्रेसले कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासका माध्यमबाट जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको हो । थप पढ्नुहोस्