भारतीय कोठीबाट १ किशोरीसहित ३ बालिकाको उद्धार

सन्तोषी अधिकारी २२ असोज, काठमाडौं । भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपाललले चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जानकारी दिइन् । भारतको दिल्लीस्थित एक कोठीबाट उद्धार गरिएका उनिहरुलाइृ चितवन ल्याइने बताईएको छ । यस्तै भारतको मुम्बइस्थित अर्को कोठीबाट तीन नेपाली बालिकाको समेत उद्धार गरिएको केआइ नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए । ती बालिकाहरुको ठेगाना भने खुल्न सकेको छैन । थप पढ्नुहोस्